अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि क्षयरोगको चेतावनी

​​

अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि क्षयरोगको चेतावनी अष्ट्रेलियामा जन्मेका मानिसहरू भन्दा अन्तर्राष्ट्रिय विद्यार्थीहरूमा क्षयरोग (टीबी) विकास हुने सम्भावना १० गुना बढी हुन्छ।

यदि तपाईं एशिया, अफ्रीका, भारतीय उप-महाद्वीप, दक्षिण अमेरिका वा पूर्वी युरोप को कुनै एक देशबाट हुनुहुन्छ भने, तपाईं टीबीमा उजागर र संक्रमित भएको र टीबीको बिरामी हुनसक्ने उच्च जोखिममा भएको संभावना छ।

टीबी एक सरुवा रोग हो, यसले फोक्सो अन्य अङ्गहरू र हड्डीलाई असर गर्छ। टीबीलाई दबाइले निको पार्नसकिन्छ तर अनुपचारित छोड्यो भने यो घातक हुन सक्छ।

लगभग १४ ० लाख मानिसहरूमा सक्रिय टीबी छ र संसारको एक तिहाई जनसंख्यामा हालमा लक्षणहरु देखा नपरेको मौन टीबी को संक्रमण छ।

टीबीको उपचार गर्ने दबाइ अष्ट्रेलियामा निसुल्क छ

अष्ट्रेलियामा छँदा टीबीको रोग पत्ता लागेका विध्यार्थीहरुको उपचारका लागि दवाईको खर्च तिर्नु पर्दैन। रोग पत्ता लागे सम्बन्धित लागत खर्च प्रवासी विद्यार्थी स्वास्थ्य बीमा (OSHC) ले धान्न मदत गर्नेछ।

यदि टिबी पत्ता लागेमा, विद्यार्थीहरूलाई अष्ट्रेलिया छोड्न लगाइने छैन

यदि विद्यार्थीहरूले टीबीको उपचार लिए भने र उपचारलाई पालना गरे भने, उनिहरुको विद्यार्थी भिसाको अवस्थामा असर पार्ने छैन।

टीबीका लक्षणहरु

चिकित्सा सल्लाह लिनुहोस र तपाईंमा कुनै यि लक्षणहरु छन भने यस तथ्य पाना डाक्टरलाई दिनुहोस:

  •  २ हप्ता भन्दा बडी खोकी वा ज्वरो
  •  अत्यधिक थकान लाग्नु
  •  राती पसिना आउनु
  •  खानाको अरुचि र वजन घट्नु
  •  खोकीमा रगत आउनु

तर, केही मानिसहरूमा सक्रिय टीबी भए पनि लक्षणहरु देखा पर्दैनन्।

टीबी सर्छ

टीबीका जीवाणु हावाको माध्यम द्वारा व्यक्ति व्यक्ति माझ फैलिन्छन्। आफ्नो फोक्सोमा सक्रिय टीबी रोग हुने मानिसहरूले खोक्दा, हाच्छिउं गर्दा, हाँस्दा, बोल्दा वा गाउँदा संक्रमण फैलाउन सक्छन्।

तपाईंलाई खोप लगाइएकै भए पनि

टीबीको खोप (बिसिजि) ले ससाना केटाकेटीहरुलाई गंभीर प्रकारका टीबी विरुद्ध सुरक्षा गर्छ। तपाईंलाई खोप लगाइएकै भए पनि अझैपनि टिबी लाग्न सक्छ।

तपाईंले कोहि टीबी लागेको मान्छे नचिनेको नै भए पनि

तपाईंलाई थाहा नभै तपाईं टीबीमा उजागर हुनुभएको सम्भावना हुनसक्छ ।

केही टीबी लागेका मानिसहरूमा कुनै लक्षणहरु हुदैनन र तिनीहरूलाई आफुलाई सक्रिय रोग लागेको छ भन्ने थाहा नहुन सक्छ।

तपाईंले टीबीको जाँच गराउनु भएको भए पनि

भिषाका लागि गरिने जाचँमा सक्रिय वा सरुवा टिबि जाच्ँनलाई छातीको एक्स-रे सामेल गरिन्छ। धेरै मानिसहरू जसमा अद्रिस्य वा मौन टीबीको संक्रमण छ, त्यो छातीको एक्स-रे मा देखा पर्दैन। अद्रिस्य वा मौन टीबीले लक्षण देखाउदैन तर महिनौं वा वर्षौं पछि सक्रिय अनि सरुवा टिबिमा विकासित हुनसक्छ।

अष्ट्रेलिया आइपुगेपछि कहाँबाट सहयोग लिने

आफ्नो डाक्टर, विश्वविद्यालयको स्वास्थ्य सेवा वा स्थानीय अस्पतालमा कुरा राख्नुहोस्

तपाईंमा टीबीको कुनै पनि लक्षण छ भने यो तथ्य पाना आफ्नो डाक्टरलाई दिनुहोला।

1800 022 222 मा Healthdirect Australia मा फोन सम्पर्क गर्नुहोस वा healthdirect हेर्नुहोस

आफ्नो राज्य वा इलाकाको स्वास्थ्य विभागको वेबसाइट हेर्नुहोस: